व्यवसायीको सहभागितामा सहकारी बजार । कृषिमा आर्थिक उन्नतीको पूर्वाधार ।। समुन्नत राष्ट्रका लागि सहकारी मूल आधार ।।।
TARAKARI PHALAFOOL SAVING & CREDIT CO-OPERATIVE SOCIETY LTD.
वि.सं. २०५६ साल माघ २१ गते ३० जना सदस्यहरुवाट ३१९००।—(अक्षरुपी एकतीस हजार नौ सय मात्र) शेयर पुँजी संकलन गरी तरकारी तथा फलफूलको व्यवसायीमाझ वित्तिय छहारीको रुपमा स्थापित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था हो । यस सहकारी संस्थाले छरिएर रहेको रकम संकलन गरी पूँजी निर्माण गर्ने साथै बचत गर्ने बानी विकास गरी संकलित रकमलाई ऋण मार्फत व्यवसाय बृद्धिका लागि लगानी गर्ने र सदस्यको जिवनस्तर उकास्ने साथै सदस्यहरुको हितका लागि सामाजिक गतिविधिका कार्य गर्ने गरी आफ्नो लक्ष्य, उद्देश्य र ध्येयको निर्माण गरेर काठमाडौं कार्यक्षेत्र कायम गरी विधिवत रुपमा डिभिजन सहकारी कार्यालय काठमाडौमा दर्ता गरी कारोवार शुरु गरेको हो ।
Our Feature Services
अध्यक्षको कलमबाट
तरकारी फलफूल साकोस सहकारीको सिद्धान्त मूल्य मान्यतामा आधारित समुहमा आवद्ध सहकारी संस्था हो । सदस्यहरुलाई बचत गर्ने बानीको बिकास गराउने, आवश्यक पर्दा सापटी प्रदान गरी ब्यवसाय वृद्धि गराउने र सदस्यलाई आत्मनिर्भर, सक्षम र ब्यवसायी बनाई जीवनस्तर उकास्ने उदेश्य सहित स्थापना गरिएको हो । सहकारी ऐन, नियम, कानुनको पालना गरी सुशासनलाई पछ्याउँदै सदस्यको इच्छा, चाहना र आवश्यकता अनुरुप सेवाहरुको बिकास गरी समय संगै अघि बढ्ने प्रतिबद्धता यस संस्थाले गरेको छ । सदस्यको जिबनभरका आधरभुत आवश्यकता पुर्तिका खातिर आर्थिक सहयोग गरी सदस्यका छोरा–छोरीहरुको जन्म देखि मृत्युसम्मको चरणहरुमा सामाजिक, संस्कृत शैक्षिक क्रियाकलापहरु संचालन गरी सेवामैत्री संस्था संचालनमा हामी क्रियाशिल छौ । सदस्यहरुलाई सन्तुष्ट पर्दै संस्थालाई सुशासनयुक्त बनाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको छवि निर्माणका लागि नेतृत्वका लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोगी सम्पुर्ण हातहरुलाई हार्दिक आभार प्रकट गर्दछु।
श्री दुर्गा लाल श्रेष्ठ – अध्यक्ष
ब्यवस्थापकको कलमबाट
“ प्रबिधियुक्त, दिगो एबम सदस्यमैत्री बित्तिय सहकरी ” को परिकल्पना सहित “ सहज र गुणस्तरीय बित्तिय सेवा मार्फत सदस्यहरुको ब्यवसायिकता अभिवृद्धि गरी आर्थिक सामाजिक जीवनस्तर सुधार गर्ने ” ध्येयलाई दक्ष जनशक्ति मार्फत परिपुर्ति गर्दै जानु हाम्रो प्रमुख उदेश्य रहनेछ । बित्तीय सहकारी भएका कारण आर्थिक अनुशासन कायम गरी निति, विधि र प्रबिधी मार्फत सुशासित सहकारी बनाउन हामी सधै तत्पर छौ । हरेक चुनौती र अप्ठ्याराका बावजुत पनि हिम्मत नहारी संस्थालाई अघि बढाउने कुरामा हामी सधै प्रयासरत रहनेछौ । सदस्यको आवश्यकता र सन्तुष्टिलाई अध्ययन गरी उत्कृष्ट र सरल सेवा प्रदान गर्ने सम्म नै सफलता हो भन्ने कुरालाई मध्यनजर गर्दै सधै हामी सदस्य सँग नजिक रहि कारोबार गर्नेछौ साथै सदस्यहरुको संस्थाप्रतिको अपनत्व, मानवस्रोतप्रतिको सामिप्यता र कारोबारका कारण राष्ट्रिय अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएकाछौ अझै यसलाई निरन्तरता दिनेछौ । अझ चुस्त ब्यवस्थापनका लागि सकारात्मक सुझाव र मर्गनिर्देशन प्राप्त हुनेमा हामी बिश्वस्त छौ ।
श्री बिमला पुडासैनी – ब्यवस्थापक
News & Notices
उपस्थितीका लागि हार्दिक आमन्त्रण ।
मिति ः— २०७६÷१०÷१६ उपस्थितीका लागि हार्दिक आमन्त्रण । सहकारी संस्था